रंगकर्मी शंकर पराजुलीको अभिनयमा यो शिर झुकेको छैन सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नेपाली सांगीतिक बजारमा स्वाभिमानी नेपालीको कथा बोकेको एउटा गीत सार्वजनिक भएको छ ।
मध्यम परिवारको एउटा स्वाभिमानी युवा ‘आफ्नै देशमा कर्म गरेर कसैको अगाडि झुक्नु हुँदैन’ भन्ने भाव बोकेको ‘यो शिर झुकेको छैन’ बोल गीतको भिडियो सार्वजनिक भएको हो ।

चर्चित संगीतकार तथा गीतकार हरि लम्सालको संगीत तथा स्वरमा यो गीतलाई कपिल अन्जानले लेखेका हुन् । शक्ति पाख्रिनको निर्देशनमा शंकर पराजुली र आस्था बस्नेतले अभिनय गरेको यस म्युजिक भिडियोलाई मिलन तामाङले खिचेका हुन् भने अन्जाल शर्मा र शक्ति पाख्रीनले सम्पादन गरेका छन ।