
सुरज माझी
रङ्गकर्मी (झोराहाट नाट्य समूह झोराहाट मोरङ)
अफिस पुगेको एक घन्टा जति भएको थियो। असाध्यै गर्मी भएकाले एक ग्लास चिसो पानी पुजा सँग ल्याई मागे -पुजा खासमा मेरो अफिसमा २ बर्ष देखी काम गरिरहेकी छे। पुजाको काम भनेको अफिसको समयमा अफिस खोल्ने र सामान्य सरसफाइ गर्ने ,अफिस बन्द गर्ने आदि पुजाको दैनिकी काम हो।) पुजाले पानी ल्याईदिई र मैले पानी खाए।
म घरमा हुँदा एकाबिहानै अपरिचित नम्बरबाट फोन आएको थियो।अपरिचित नम्बर अपरिचित स्वर यी दुइटै मेरो लागि अपरिचित भएकाले म फोनमा धेरै बेर बोल्न चाहिन।
हेलो…
फोन:गुड मर्निङ सर…
म:गुड मर्निङ ,
फोन : सन्चै हुनुन्छ सर।
म : हजुर सन्चै छु।
फोन : सर आज तपाई अफिस जानू हुन्छ कि घरमै बस्नु हुन्छ।रु
म : हैन म १० बजे अफिस जान्छु त।
फोन : सर त्यसो भए म हजुरको अफिस मै आएर कुरा गर्छु।
यति भन्दै फोन काटियो ।त्यो अपरिचित मान्छे सँग मैले करिब १ मिनेट ३० सेकेन्ड जति कुरा गरेहोला। त्यसपछि म आफ्नो घरको दैनिकी काम सकेर अफिस तिर लागे।
अफिस पुगे र पुजाले चिसो पानी ल्याईदिई मैले पानी खाए। एक छिन पछि ढोका खटखटाएको आवाज सुनियो। म आफ्नो ब्यस्तता र महत्त्व देखाउनको निम्ति फोनमा बोल्न थाले। एकछिनपछी भित्रै आउनुस्न भन्दै बोलाए। मान्छे भित्र आयो। बिहान फोनमा बोलेजस्तै अपरिचित स्वर,अपरिचित नम्बर ठ्याक्कै त्यस्तै अपरिचित अनुहार थियो। यो कुरा मैले आफ्नो मन भित्र खेलाउदै थिए। तर त्यो मान्छेलाई मैले वास्तै नगरि फोनमा बोलिरहे बेला बेला खुशी हुँदै बोल्थे भने, बेला बेला चिन्ता गर्नु पर्दैन केही हुदैन भन्दै फोन राखे, र एकछिन पछि त्यो अपरिचित मान्छेलाई यहा आउनुको कारण सोधे ? र त्यो अपरिचित मान्छेको उतर थियो सर म तपाईको फोन जोड्न आएको हु।
नोट
१ हामिले कुनै पनि काम देखावटी गर्नु हौदैन।
२ हामी के कुरा सावित गर्न चाहान्छोँ।
३ यस्तो प्रकारको ब्यवहारले असुरक्षा र घटिया दर्जाको आत्मा समानको जन्म दिन्छ।
