सन्तोष अम्गाईंका पाँच मुक्तक


मह काड, हात चाट पैसो पनि आउँछ
गुन्द्रि बुन, कुचो बाट पैसो पनि आउँछ
सित्तैमा मेरो कुरा काट्दै हिड्नु भन्दा
सैलुन खोल,कपाल काट पैसो पनि आउँछ

देख्नासाथै भड्काएर पाउने आस राख्छन्
बिच बाटोमै अडकाएर पाउने आस राख्छन्
मैले जागिर पडकाएरनी नपाएको उसको माया
कोही जिब्रो पडकाएर पाउने आस राख्छन्

घर न घाटको हुन म कसरी आऊँ ?
सबको सामु रुन म कसरी आऊँ?
जीवन दिन्छ्यौ ठानेकोथेँ सुपारी दियौ
तिम्रो गोडा धुन म कसरी आऊँ?

रूनै पर्दैन जुनि जुनि काम बनि हाल्छ।
तर्क गर हुनि नहुनि काम बनिहाल्छ।
सरकारी काममा ढिला सुस्ती भयो भने
पैसा फाल्देउ टेबलमुनि काम बनिहाल्छ।

साेझा जनता वहकाउन जसले पनि सक्छ
भाग्य विधाता फकाउन जसले पनि सक्छ
देश विकास गर्नलाई पाे दक्ष चाहिन्छ मन्त्री
देशको ढुकुटी सकाउन जसले पनि सक्छ