कांग्रेस नेता बस्नेतद्वारा आगलागीपीडितलाई आर्थिक सहयोग

काठमाडौं :जति बेला समाजमा समस्या आइपर्छ उतिबेला सहयोग गर्नु आफ्नो क्षेत्रमा पुग्छन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत ।यस पालि पनि उनले सिन्धुपाल्चोकका आगलागीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

नेता बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गापा–३ धुस्कुन चाम्बोटेका आगलागीपीडित मनकुमारी घलेलाई नगद १० हजार, जस्तापाता दुई बण्डल, सिरक, डस्ना, सिरानी, ओछ्याउने फम, चामल, दाल, चिनी, तेल र त्रिपाल राहत हस्तान्तaरण गरेका हुन् । सो अवसरमा उनले घलेलाई सानो घर बनाउने वचन पनि दिए ।

कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका बस्नेतले धुस्कुन पात्लेमा रहेको आइशोलोसन सेन्टरमा रहेका बिरामीका लागि ७ क्रेट अण्डा, ८ पिस हर्लिक्स, एक बोरा चनाका साथै अति अशक्त पात्लेका दुई परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । नगद तथा सामग्री सहयोग र संयोजन कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गरेका थिए ।

राहत वितरण कार्यक्रममा नेत्र थापा, युधिर पौडेल, निमादोर्जे तामाङ, युबाखर सापकोटा, सुकुमान तामाङ, पदम तामाङ, बिमल पहरीलगायत उपस्थित थिए ।