पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका फुटबल खेलाडी श्रेष्ठ मृत अवस्थामा भेटिए

देवकी पौडेल

धादिङ :विगत तीन देखि आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भई हराईरहेका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।

मृतक सुमन श्रेष्ठको शब टारीबेसीस्थित पुल भन्दा तीन किलोमिटर तल पौडी खेल्ने क्रममा डुबेको स्थान मै फेला परेको कुरा प्रहरीले जानकारी गराएको छ ।

धादिङस्थित निलकण्ठ नगरपालिका–३ का २६ वर्षिय सुमन फुटबलका उत्कृष्ठ खेलाडी थिए । धादिङ्ग समाज धादिङ्ग बाट फुटबल खेल्ने उनी बाग्मती प्रदेश फुटबल लिग, नुवाकाेटमा सहभागी उनी गत बुधबार पाैडी खेल्ने क्रममा नेत्रावती (आँखु) खाेलामा डुबेर बेपत्ता भएका थिए यसरी एक्कासी उनकाे मृत्युकाे खबरले धादिङ्ग जिल्ला मात्र नभई सिंगाे बागमती प्रदेशका फुटबल प्रेमीहरु शाेकाकुल बनेका धादिङ्ग समाज धादिङ्गका टिम कप्तान रवि भण्डारीले बताए।