खगेन्द्र संग्रौला,नारायण वाग्ले लगायत नागरिक अगुवा बालुवाटारबाट पक्राउ

काठमाडौं : बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।