अत्याधिक मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने चालक पक्राउ

बिकल्प श्रेष्ठ

चितवन :चितवन जिल्लामा अत्याधिक मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ भरतपुर महानगरपालिकाको जुगेडीबाट एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौंकी जुगेडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका–१० बस्ने २४ बर्षको विकास मजाकोटीलाई पक्राउ परेको जनाएको छ । नमुना सामुदायिक विकास समिति लमजुङको ग २ च २००२ नम्बर एम्बुलेन्समा बिरामी लिएर जाँदै गरेको अवस्थामा मजाकोटीले मादक पदार्थ सेवन गरेको पाइएकोले एम्बुलेन्ससहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।