एमाले मेरो पार्टी हो,हाम्रो पार्टी हो,हार जित हुन्छ म पार्टी छोड्दिन : डा: भिम रावल

चितवन : नेकपा एमाले दसौं महाधिवेशन को पाँचौ दिन पुगेर सम्पन्न हुँदै छ ।उदघाटन र बन्दसत्र संगै सर्वसहमति सहितको नेतृत्व चयन गर्ने एमालेको उदेश्य भने यो पटक पनि सफल हुन् सकेन ।सहमतिमा नेतृत्व चयन गर्ने उदेश्यले नै ३ दिनलाई भनिएको महाधिवेशन बिचार नमिल्दा ५ दिन लम्बियो। अपेक्षा गरिएको भन्दा करिब एक करोड ५० लाख खर्च बढ्दापनि सहमति हुन् नसकेपछि अनन्त नेतृत्व चयन चुनाब् मार्फत भयो ।

 

अधिकांस जनप्रतिनिधिहरुको मनासाय सर्वसम्मत भए पनि केहि नेताहरुको कारण सम्पन्न भएन ।

एमाले अध्यक्षमा उम्मेदवारी दिएका डा: भिम रावलका बारेमा यसबीच बिभिन्न संचारमाध्यम मार्फत धेरै प्रकारको बिचार र धारणाहरु सम्प्रेषण भएका छन ।

चुनाबको नतिजा सार्वजनिक भए लगत्तै डा: भिम रावलले आफु निकट संचार माध्यम मार्फत आफ्नो बारेमा आएका सबैप्रकारका भ्रमको खण्डन गरेका छन् उनले भने ‘यसबीच कसैले मलाई पार्टी फुटाउन लागिपरेको भने,कसैले हारेपछि एमाले छोडेर अर्को पार्टीमा लाग्न सहज हुन्छ भनेर उम्मेदवारी दिएको हो भने, कसैले पैसा खाएको आरोप लागायत धेरै प्रकारको आरोपको बारेमा सुनेको छु । म समस्त सुभचिन्तकहरुलाई विस्वास दिलाउन चाहान्छु म एमाले छोडेर कतै जादिन । एमाले मेरो पार्टी हो,तपाई हाम्रो रगत पसिना र बलिदानीले बनेको पार्टी हो। तसर्थ एमाले छोड्ने कुरा मैले मात्रै हैन कसैले पनि नसोच्नुस ।’ उनले थपे ‘मैले उम्मेदवारी दिएको जित्नलाई मात्र हैन, पार्टीमा नयाँ पुस्ताको लागि अवसर सिर्जना गर्दै,जनप्रीय पार्टी निर्माण गर्ने उदेश्यले मैले उम्मेदवारी दिएको हुँ ।’

संगै उनले आम संचारमाध्यमलाई बिना आधार बिना तथ्य यस्तो भ्रामक खराब नफैलाउन अनुरोध पनि गरेका छन् ।