आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरमाथि हातपात

सुर्खेत :कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रममा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । डाक्टरहरु सामान्य घाइते छन् । डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको डीएसपी घर्तीले बताए ।

‘तीनजना यूवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु मदिरा सेवन गरेका छन् । हातपात गर्नुको कुनै खास कारण त देखिदैन, मदिराले मातियर यस्तो हर्कत गरेको हुनुपर्छ’, डीएसपी घर्तीले भने ।