
नारायण रिजाल,
दैलेख :दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको सिमानामा पर्ने हाडेचौर खोलाले बगाउदा एक जना बेपत्ता भएका छन । विहानै देखी परेको अविरल वर्षाका काण हाडेचौर खोलामा ठुलो बाढी आउदा भैरबी गाउँपालिका वडा नम्बर २ रावतकोट बस्ने ५२ वर्षे केशव बहादुर थापा (केशे थापा) बेपता भएका हुन ।
नदी नजिकै रहेको खेतमा बिउ राख्न आएका उनी कसरि बगे भन्ने प्रश्नमा स्थानीय प्रत्यक्षदर्शी भन्छन नदी नजिकै रहेको उनको खेतमा बसेका थिए त्यसपछि पुनः पाल टागेको ठाउँमा गएर चुरोट खाए । अत्याधिक पानी परिरहेको थियो पानी पर्ने क्रम रोकिनुको सट्टा झन भन्दा झन बढन थाल्यो ।यसी पानी लगातार परेपछी खोलामा बाढी बढदै जादा ,तटबन्धन गर्न राखेका तार तथा जाली हरु आएको बाढीले बग्न थाले र बग्न लागेका जालीहरु जोगाउने उदेश्यले उनी जालि तान्न तिर लागे तर पानीको बहाब बढेकाले खोलाले उल्टै उनैलाई समेत बगायो ।
त्यसलगत्तै हामी खेतबाट नदीमा आयौ । अत्याधिक वर्षा र भल आएपनि आजसम्म यस नदीमा मान्छे भने बगाएको कहिल्यै नसुनेको र नदेखेको कुरा स्थानीय बताउछन ।
एक प्रत्यक्षदर्शी भन्छन् नपत्याउने खोलाले बगाउछ भनेजस्तै भयो हामीले त्यो नदीले मान्छे बगाउँछ भन्ने त सोचेका पनि थिएनौ । तर अहिले बगाएर बेपत्ता भएपश्चात हामीले उनलाई खोज्न पर्ने स्थिति आयो ।
बेपत्ता भएका ब्यक्तिलाई खोज्न नेपाल प्रहरी तथा स्थानियहरु लागिपरेका छन् ।रिपोर्टिङको क्रममा दुल्लु अनलाइन टिभीका सहकर्मी र भिजन न्युज नेपाल कोटिम त्यहाँ पुग्दा करिब २०० जना घटनास्थलमा खोजिरहेका थिए ।त्यहाँ मात्र नभई सोही नदीको बाँधमा पर्ने नाभिस्थान,श्रीस्थान, कोटिला र चुप्रा लगायतका विभिन्न ठाउँमा जहाँ मान्छे अड्किने सम्भावना हुन्छ त्यस्ता ठाउँहरूमा विभिन्न टिम बनाएर खोजिरहेको र सोहि काममा नेपाल प्रहरीले पनि सहयोग गरिरहेको छ ।
आज रातीसम्म खोज्दा पनि नभेटि पछी भोलि बिहानै गाउँपालिकाको डोजरले शंकास्पद पुरिन सक्ने ठाउँमा खनेर खोज्ने र यही ठाउँमा यसरी खनेर नभेटिएमा प्रहरीसँग भएका कुकुरहरु पनि परिचालित गरिने बताउँछन् खोजिकार्यमा लागीपरेका आफन्त पवन थापा ।
