
लक्ष्मी श्रेष्ठ
बुटवल :बुटवलमा कोरोना संक्रमणको अवस्था यकिन गर्नका लागि शुरु गरिएको एन्टिजेन परिक्षण अभियानको दोस्रो चरण शुरु भएको छ । बुटवल उप महानगरपालिकाद्धारा शुरु गरिएको यस अभियान अन्र्तगत कृषि बजार केन्द्र र अटो भिलेजमा करिब ५०० जनाको निशुल्क एन्टिजेन परिक्षण भएकोमा ६ जनामा मात्र पोजेभिज देखिएको छ ।
दोस्रो चरण अन्र्तगत अटो तथा यातायात क्षेत्रमा कार्यरत श्रमिक, उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, ई रिक्सा, एम्बुलेन्स तथा ढुवानी साधन चालकहरुलाइ परिक्षण गरिने छ ।
त्यसैगरी किराना, खाद्यान्न तथा ठेला व्यवसायमा आवद्ध श्रमिक तथा कर्मचारी, होटल तथा रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिक, हाट बजार तथा कृषि थोक केन्द्रमा कार्यरत मजदुर, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरु, औषधी व्यवसायमा आवद्ध कर्मचारीहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको निशुल्क परिक्षण गरिनेछ ।
