मन्त्री महतोद्धारा काठमाडौं उपत्यका विकास प्रधिकरणले गरेका काम र योजनाको बारेमा जानकारी


काठमाडौं :नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले काठमाडौं उपत्यका विकास प्रधिकरणले गरेका काम र योजनाहरुको बारेमा जानकारी लिएका छन । उपत्यका विकास प्राधिकरणको सभाहलमा सम्पन्नभएको कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंह, सहसचिव लगायतको उपस्थिति रहेको थियो ।

कर्यक्रममा प्राधिकरणका विकास आयुक्त जानुका ढकालले बिजुलीबजार पुल मुनिको बाटोमा पानी जमेर सवारी आवागमनलाई समेत असर पारेकोले त्यसलाई सहज बनाउनको लागि कार्य अगाडि बढिसकेको र बाँकी रहेको धोविखोला कोरीडोको काम समेत अगाडि बढेको र यहि आर्थिक वर्षमा लगभग सम्पन्न हुने जानकारी दिएकी छन ।

त्यसैगरि बाहिर चक्रपथको काम हाल सम्म विभिन्न कारणले अगाडि बढ्न नसकेको भएता पनि त्यसलाई पनि यथासक्दो चाडो काम शुरु गर्नेगरि काम अगाडि बढाउन लागेको समेत ढकालले जानकारी दिएकी छन ।

काठमाडौं उपत्यका विकास प्रधिकरणले ऐनले दिएको काम भनेको योजनाकारको भुमिका, विकास निकायको भुमिका, नियमन कारी भुमिका र नियन्त्रणकारी भुमिका अनुशार काम नभइरहेकोले अबको प्राथमिकता भनेको उदेश्य अनुशारको कार्य गर्नु हो ।

केहि समय अगाडि मात्रै प्राधिकरणका नायव विकास आयुक्त दिलिप शेखर श्रेष्ठको संयोजकत्वमा काठमाडौंका ३ वटै जिल्लाका जिल्ला आयुक्त रहने गरि समिति बनाइसकेकिएको र त्यो समितिले हाल पहिलो चरणमा अस्पतालहरुको अनुगमन गर्ने काम गरिरहेको पनि विकास आयुक्त ढकालले बताएकी छन ।

त्यस्तै अनियन्त्रीत रुपमा जग्गाको खण्डिकरण नरोकिएकोले त्यसलाई रोक्नको लागि मालपोत तथा भुमिसुधारलाई पत्र काटिसकेको पनि उनले जानकारी दिइन ।

कार्यक्रममा उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्रीले उपत्यका विकास प्रधिकरणले गर्नै पर्ने धेरै काम भएता पनि उदेश्य र लक्ष्य अनुशार काम गरेको नदेखिएकोले नतिजा देखिनेगरि काम गर्न निर्देशन दिएका छन ।

त्यस्तै मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले उपत्यका विकास प्रधिकरण साना तथा टुक्रे कामहरु, साना साना ल्याण्डपुलिङका काम, बाटो कालोपत्रे गर्ने, ढल विच्छाउने लगायत काममा बढी अल्झिरहेकोले अब ठुलो क्षेत्रमा ल्याण्पुलिङ गर्ने काममा फोकस हुनु पर्ने बताए ।