

के.आर.अधिकारी क्षेत्री,
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकालाई धादिङ्ग समाज जापानले बिभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।
धादिङ्ग जिल्लाको विभिन्न स्थानबाट जापानमा गई बसोबास गर्दै आईरहेकाहरुको छाता संगठन धादिङ्ग समाज जापान नामक सस्था द्वारा उक्त गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ वटा, नेबुलाईजर मेसिन १० वटा , डिजिटल थर्मोमिटर १० वटा पल्स अक्सिमिटर ५ वटा ,एन ९५ मास्क – १०० वटा सर्जिकल पन्जा गोटा -२०० तथा सर्जिकल मास्क ४००वटा सहयोग गरेको हो ।
उक्त स्वास्थ्य सामाग्रीहरु तथा उपकरणहरु धादिङ्ग समाज जापानले जिल्ला सदरमुकाम धादिङ्ग बेशीमा नेत्रावती डबजोङ्ग गाउपालिकाका शिक्षा अधिकृत देवकी सिंखडालाई हस्तान्तरण गरेको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले जानकारी दिएका छन। ।
