जीप दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको ज्यान गयो

अर्घाखाँची :अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान(९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिनुभएको छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।