एकीकृत समाजवादी मेलुङ गाउँपालिका वडां सम्पर्क मञ्च गठन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दोलखा जिल्ला मेलुङ गाउँपालिका वडां सम्पर्क मञ्च गठन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको कोटेश्वरमा रहेको गौरीशंकर पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य मन्त्री विरोध खतिवडा, विशेष अतिथी पार्टीका पोलिटब्युरो सदस्य तथा दोलखा ईन्चाज शिव प्रसाद भण्डारी, टहल बहादुर खड्का पार्टी पोलिटब्युरो सदस्य, तथा उद्योग व्यावसायी विशेष जिल्ला कमिटी ईन्चाज, लगाएत केन्द्रीय नेता तथा जिल्लाका नेताहरू ,युवासंघका नेताहरू ,दोलखा काठमाडौं सम्पक मन्चका नेताहरू ,अनेरास्ववियुका नेताहरू र मेलुङ गाउँपालिका बाट काठमाडौं आई विभिन्न पेसा ब्यावसायमा आवद्ध व्याक्तीहरुको उपस्थितिमा वडा सम्पक मन्च गठन भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री विरोध खतिवडाले समाजवादी पार्टी यहि रफतारमा गएमा नेपालकै ठूलो पार्टी बन्ने दाबी समेत गरे । उनले भने हामी धेरै वर्ष एमाले पार्टीमा भएर काम गर्यौ तर एमाले पार्टी पछील्लो समय केपि ओली पार्टी वनेको र ओलीको संगत गर्नेहरु सबै वलीको पुच्छर भएको बताए ।

वलीको् जस्तो आफ्नो पार्टीले भाषण नदिने बरु काम गरेर देखाउने पनि उनले बताए । साथै अब कुनैपनि हालतमा कोरोना खोपको कमि हुन नदिने बताए । मन्त्री खतिवडाले लोपोन्मुख जातिको लागी छीटै निशुल्क स्वास्थ्य विमाको कार्यक्रम घोषणा गरेर लागु समेत गर्ने बताएका छन ।

कार्यक्रममा आज गठित कार्य समितिमा वडा नम्बर १ मा अध्यक्ष निराजन लकाई,उपाध्यक्ष दिपक तामाङ ,सचिव शुन्दर उप्रेती,सह सचिव कमल अधिकारी कोषाध्यक्ष उत्तम कोइराला तथा सदस्यहरुमा विनोद तामाङ उत्सव उप्रेती, र सरला उप्रेती रहेका छन ।

वडा नम्बर २ मा अध्यक्ष पुजन पराजुली, उपाध्यक्ष नमुना दाहाल ,सचिव संगम भण्डारी,सह सचिव शुन्दर पौडेल,कोषाध्यक्ष सुजल भण्डारी सदस्यहरुमा मदन भण्डारी,शुवण भण्डारी,सुरेन्द्र भण्डारी,पवि भण्डारी ,केशव भण्डारी र सुजन न्यौपाने छानीएका छन ।

वडा नम्बर ३ मा बिदुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा  नम्बर ४ मा अध्यक्षमा ललित बहादुर श्रेष्ठ,उपाध्यक्ष विष्णु बहादुर अधिकारी र सचिब बासु अधिकारी .सह सचिव कुमारी तामाङ,कोषाध्यक्षमा भक्त बहादुर विक सदस्यमा गोविन्द अधिकारी, मनोज कुमार श्रेष्ठ,नारायण श्रेष्ठ,दिनेश विक,रामहरी रसाईली,कमल विक ,चन्द्र बहादुर विक,प्रश्याम तामाङ,पुर्ण विक,हिराकाजी श्रेष्ठ,भिम बहादुर तामाङ र एरोज अधिकारी रहेका छन ।
त्यसैगरी वडा नम्बर ५ मा गोरे मगरको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ ।

वडा नम्बर ६ मा अध्यक्षमा धनराम तामाङ,उपाध्यक्ष रविन्द्र तामाङ,सचिव बावुकाजी श्रेष्ठ,कोषाध्यक्ष दिनेश तामाङ र सदस्यहरुमा मुण्टे नेपाली,भरत भण्डारी,तेन्चेन तामाङ,सनातन घिमिरे र लक्ष्मी भण्डारी रहेका छन ।

साथै वडा नम्बर ७ मा अध्यक्ष सुदिन कुमार योगी ,सचिव समिर मगर,उपाध्यक्ष किरण कुमार जोगी रहेका छन भने सदस्यहरुमा इन्द्र बहादुर यमी,मोहन बहादुर योगी,रामसरण योयी मोहन बहादुर मगर र विष्णु योगी रहेका छन ।