
जीवन बहादुर थापा
दैलेख : कर्णाली प्रदेश सरकारको एक करोड आर्थिक सहयोगमा गतवर्ष तामझामका साथ आठबीस नगरपालिका वडा नम्बर ०६ अन्तर्गत पर्ने खिड्किज्युला सिहाँसैन जोड्ने सडक खण्डको उद्द्घाट्न गरियो ।
जनताहरु निकै उत्साहित थिए गाउँबस्ती सम्म बाटो पुग्ने भयो भनेर तर त्यो उत्साह केही महिना सम्म मात्र टिक्यो डोजरले बाटो धमाधम खन्दै गयो पछाडिबाट गाउबस्तीहरु चर्किदै गए।
केही टाउके र ठुला ठालु भलाद्मी भनाउदाहरुले डि।पि।आर।को धज्जी उडाउडै आफ्नो आगनसम्म बाटो पुर्याए।परिणाम आज गरिब जनताका पचासौं घरहरू पहिरोको उच्च जोखिममा परेका छ्न।
जोखिममा परेका स्थानीयले पहिरो रोकथामको व्यबस्था गरीपाउ भनी वडा कार्यालयको सिफारिसमा नगरपालिकामा निवेदन दिए तर निवेदन दिएको हप्तौं बितिसक्दा पनि नगरपालिकाले यस विषयमा कुनै चासो नदिएको स्थानीय केशव थापाले जानकारी दिए।
उक्त सडक खण्ड अन्तर्गत पर्ने केही घरहरु पहिरोको निकै उच्च जोखिम रहेको कुरा आफुले नगरपालिकालाई बेलाबेला जानकारी गराए पनि सुनुवाइ नभएको वडा नम्बर ६ का वडा अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिएका छन।अध्यक्ष शाहीका अनुसार अहिले उक्तठाउँका तीन वटा घरहरू निकै उच्च जोखिममा र बाकी अरु घरहरू पनि जोखिममा नै रहेको बताएका छन।
उता यस विषयमा थप बुझन खोजदा नगर प्रमुख खड्गराज उपाध्यायलाई सम्पर्क गर्दा बारम्बार फोन अफ गरेर राखेका छन भने फेसबुकमा समेत म्यासेजको रिप्लाई दिएका छैनन ।उप प्रमुखसंग कुरा गर्न खोज्दा पनि फोन अफ भनछ ।
आगामी दिनमा अरु बस्तिहरुलाई असर नगरोस भनेर डि.पि.आर गरिएको स्थानबाट बाटो लैजाने पनि जानकारी गराए।
