शिक्षकहरुलाई भ्याक्सिन लगाईदिन शिक्षा मन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयलाई पत्राचार

लक्ष्मी श्रेष्ठ
बुटवल :देशभर खोप लगाउन बाकी रहेका सरकारी, करार र निजि शिक्षकहरुले भ्याक्सिन लगाउन पाउनुपर्ने भन्दै व्यापक दवाव सिर्जना गरिरहेका छन । सरकार द्वारा खोप लगाउन बाकी शिक्षकहरुलाई भ्याक्सिनको ब्यबस्था नभएसम्म शैक्षिक सस्था संचालन गर्न नसकिने भन्दै सरकारलाई नैतिक दबाब नै दिईरहेका छन ।

यता सरकारले भने अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राख्दै क्रमश निजामति कर्मचारी, शिक्षक लगायत बैङकका कर्मचारीहरुलाई समेत भ्याक्सिन लगाउने ब्यबस्था गरिसकेको छ त्यस्तै जेष्ठ नागरिक समेतलाई सरकारले भ्याक्सिन लगाउने ब्यबस्था गरिसकेको छ ।

हाल चिनबाट नेपाललाई भ्याक्सिन उपलब्ध भएपश्चात ६२ वर्ष भन्दा माथीका नागरिकहरुलाई कोभिड बिरुद्दको भ्याक्सिन लगाउने कार्य देशैभरी संचालन भईरहेको छ ।

देशै भरका भ्याक्सिन लगाउन छुट सरकारी, करार तथा निजि शिक्षकहरुको व्यापक दवावका कारण शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी भ्याक्सिन लगाउन छुट भएका प्राध्यापक, शिक्षक तथा बिध्यालय कर्मचारीहरुलाई कोभिड बिरुद्दको खोप लगाउने ब्यबस्था गरिदिन अनुरोध सहित पत्राचार गरिएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।