धादिङको आँखुखोलामा पौडी खेल्ने क्रममा फुटबल खेलाडी श्रेष्ठ वेपत्ता


देवकी पौडेल

धादिङ :धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् ।नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन आज बिहान ८ बजे साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका थिए । सोही क्रममा आँखुखोलाले बगाएर वेपत्ता पारेको प्रहरीले जनाएको छ ।

अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।सुमन श्रेष्ठ धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् ।

मंगलबार मात्रै गजुरी स्थित त्रिशुलीमा १ जना र ज्वालामुखी खण्ड बुढीगण्डकीमा ३ जना वेपत्ता भएका थिए ।