
खुशिको, दुश्मन जस्तो व्यवहार भैहाल्छ
तिमी टाढिन्छौ यो जिन्दगी भार भैहाल्छ
आगोको पहिचान कतिन्जेल रहन्छ
जलेपछि खरानी र अंगार भैहाल्छ!
यसरी एकोहोरो सधैं नहेर्नु मलाई!
आँखा जुधिहाल्छ र प्यार भैहाल्छ!
हामी भाग्य पर्खिएर सुतिरहन्छौं
मानौं भोलि बिहानै चमत्कार भैहाल्छ!
हजुरबा जस्तो हुनुपर्छ मेरो छोरापनी!
मजस्तै भयोभने बेरोजगार भैहाल्छ!
