
के.आर.अधिकारी क्षेत्री
धादिङ्ग :विश्वोब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अहिले गाउँ गाउँमा व्यापक देखिन थालेको छ । यस रोगबाट धादिङ्ग जिल्लाको उत्तरी भागमा रहेको सबैभन्दा बिकट गाउपालिका रुबिभ्याली पनि अछुतो रहेन सकेन ।
अहिले रुबिभ्याली गाउपालिका वडा नं.३ सेर्तुङको मात्र कुरा गर्ने हो भने पनि केहि घरहरु बाहेक सबै घरहरुमा कोही न कोही विरामी छन् तर यहाँ कसैलाई मतलब छैन न बिरामीलाई मतलब छ ? न बिरामीका परिवारलाई, न आफन्त तथा छिमेकीहरु लाई मतलब छ? न जिम्मेवार सम्बन्धित निकायलाई ?
पोजिटिभ रिपोर्ट आएका संक्रमितहरुलाई कसैलाई पनि आईसोलेसनमा नराख्नु वा आईसोलेसनमा राख्नुपर्छ वा बस्नुपर्छ भन्ने समेत ज्ञान नहुनु, यो त रुघाखोकी मात्र हो भनेर अफबाह फैलाउनु र पर्याप्त जनचेतना नहुनु यहाँका स्थानिय बासिन्दाहरुको प्रमुख कमजोरी हुन । त्यसै गरि बाक्लो तथा झुप्प परेको बस्तिहरु भएका कारण यो रोगको महामारी स्थानिय समुदायमा छिटो फैलनसक्ने डर भईरहेको स्थानिय समाजसेवी रेशम तामाङ्गले बताए ।
यसै गरि रुबिभ्याली गाउपालिका वडा नं. ५ लापामा पहिलो पटक कोरोना कै कारण एकजनाको मृत्यु भएको छ । यदि सम्बन्धितले समयमै ध्यान नदिने हो र नसोच्ने हो तथा कुनै आबश्यक कदम नचाल्ने भने मृत्युको संख्या नथपिएला भन्न सकिन्न ।
यदि यस्ता कमि कमजोरीहरु तथा मानसिकताहरु यतिकै रहन दिने हो र कुनैपनि ब्यक्ति, निर्बाचित जनप्रतिनिधिहरु तथा सम्बन्धित निकायले यस बिषयमा चासो नदिई बेवास्ता गरिरहने हो भने भोलीका दिनहरुमा यसले ठुलो रुप लिने छ । साथै योमहामारी नियन्त्रण भन्दा बाहिर जान सक्ने प्रबल संभावना रहेको तामाङ्ग बताउछन् ।
