
दाङ :दाङमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं २ निमुरीया बस्ने ५३ वर्षका रिसिमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
वि.सं २०७४ फागुन १४ गते दाङ देउखुरी जिल्ला अदालतले वन मुद्धामा दोषी ठहर गरी चौधरीलाई एकलाख ३८ हजार नौँसय १७ रुपैयाँ ३७ पैसा जरिवाना तोकेको थियो । अदालतले जरिवाना तोकेसंगै हालसम्म फरार रहेका चौधरीलाई घोराही–२ निमुरीयामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
