सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्वजनिक (नामावलीसहित)


सल्यान : हाम्रो अभियान,सल्यान कला साहित्यको उत्थान भन्ने मुल आदर्श वाक्य रहेको सल्यान कला साहित्य परिषद्ले नेपाली भाषा,साहित्य जगेर्ना,उन्नयनका निम्ति जिल्लामा विभिन्न समयमा विभिन्न साहित्य गतिविधि निरन्तर गर्दै आइरहेको छ ।

यसै बिच विश्वव्यापी महामारीको यो कठिन विपतिमा पनि आफ्ना गतिविधिहरुमा निरन्तर जुटिरहेको सल्यान कला साहित्य परिषद्को आयोजनामा भइरहेको सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्वजनिक गरिएको छ ।

सुचना अनुसार सल्यान मुक्तक किङमा सल्यान जिल्लाका सर्जकहरु मात्रै सहभागीता गराइको थियोे ।उक्त सल्यान मुक्तक किङका लागि ६२ सर्जकहरुको सहभागीता रहेको थियोे ।६२ जना सहभागीबाट निर्णायक मण्डलले निस्पक्ष छनोट गर्दै दोस्रो चरणको लागी उत्कृष्ट बीस प्रतियोगी छनोट गरेको हो । प्रतियोगीहरुको रचनामा प्रतियोगीहरुको नाम हटाएर डिकोड राखेर निर्णायक मण्डलमा पठाइएको थियो ।

हाम्रो होइन राम्रो सर्जक सल्यान मुक्तक किङ बन्नुपर्छ यो हाम्रो चाहना हो ।सल्यानको चाहना हो ।
यिनै उत्कृष्ट बीस मुक्तकार मध्य विभिन्न चरण पार गरेपछि एक जना सर्जक सल्यान मुक्तक किङ बन्नेछन् ।उत्कृष्ट बीसमा परेका सर्जकहरुले उत्कृष्ट पन्ध्रका लागि पुनः परिषद्ले दिएको बिषयमा तोकिएको मितिभित्र रहेर एक मुक्तक पठाउनुपर्ने छ ।

दोस्रो चरणको लागी परिषद्ले २०७८जेठ २६ गते अर्थात भोलि बिहान १० बजे बिषय खुलाएर सुचना प्रकाशित गर्नेछ ।

पहिलो चरणमा छनोट परेका उत्कृष्ट बीस सर्जकहरुको नामावली निम्न रहेको छ ।

१ आरती बुढाथोकी
२ ओमप्रकाश देवकोटा
३ कल्पना परियार
४ छविकिरण अधिकारी
५ टि आर शर्मा ,अथकमनु
६ टोप घर्ती ,अनुरागी
७ डिल्ली केसि
८ थुमान राना (सिम्पल क्षेत्री )
९ नवीन मगर
१० मनिषा बुढाथोकी
११ मनोज दाहाल ,मनु
१२ महेन्द्र परियार
१३ महेश शर्मा,रश्मीु
१४ महेश के क्षेत्री
१५ मोहनसिंह घर्ती
१६ रिता घर्ती मगर ,ऋ्तुु
१७ सन्ध्या गिरि ,लज्जालुु
१८ सिर्जना बिष्ट
१९ सिजन बाबु वि. सि
२० हिम प्रकाश बुढाथोकी