दाङमा थप एक हप्ता लकडाउन

तुलसीपुर : दाङमा लकडाउन एकहप्ता थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले यसअघिका निर्णयलाई केहि परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।

यस अघि हप्तामा दुई पटक मात्र खुल्न दिइएको थियो । त्यसैगरी होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय भएको बैठकमा सहभागी तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेले जानकारी दिए।

कोरोना माहामारीको दोस्रो लहर सुरु भए संगै जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै गएको बैशाख १७ गतेदेखी जिल्लाव्यापी रुपमा लकडाउन गरिएको छ ।