काठमाडौंको बौद्धमा बोराभित्र शव भेटियो

काठमाडौं :काठमाडौंको बौद्ध टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका छन।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।