धादिङ्गको बेनिघाट रोराङ गाउपालिकामा प्रजा जातिलाई खाध्यान्न सहयोग

देबकी पौडेल
धादिङ्ग :धादिङबेसीका विभिन्न ब्यवसायीहरुले अन्नपात सकिएर भोकमरी लागेको समाचार सुनेपछि उक्त गाउँ बेनिघाट रोराङ्ग गाउपालिका वडा नं ६ को प्रजा बस्तिमा पुगेर राहत सामाग्री बितरण गरेका छन् ।

टाँकीको मुन्टा र गिट्ठा खाएर जीवन धानिरहेका प्रजा समुदायको समस्या बिभिन्न संचार माध्यमहरुमा आएपछी २२ जना भन्दा बढि ब्यबसायीहरुको सहभागिता रहेको थियो ।आफ्नो मासिक खर्च कटाएर संकलन गरिएको रकमबाट करिब २ सय २७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाल र नुन सहयोग बितरण गरिएको हो ।

खाध्यान्न संकलन तथा बितरण अभियानमा सहभागी व्यावसायीहरुले बेनिघाट रोराङ्ग -६ का प्रजा जातिहरुको समस्या जनतासामु ल्याइदिने पत्रकार साथीहरुलाई पनि बिशेष धन्यवाद दिएका थिए ।

राहत संकलन तथा बितरण कार्यमा सहभागी व्यावसायीहरुले करिब ३ लाख ६० हजार बराबरको खाध्यान्न संकलन गरि बितरण गरिएको जनाएका छन ।यसरी खाध्यान्न संकलन र बितरण कार्यमा सहयोग गर्ने विभिन्न ब्यवसायीहरु साथै चितवनको मितेरी फाउन्डेसन, एकीकृत सामुदायिक बिकास अभियान (आइसिडिसी)धादिङ र आवाज अभियान नेपालप्रती पनि विशेष धन्यबाद दिदै हार्दिक आभार समेत प्रकट गर्नुभएको कुरा हामीलाई आप्रबासी कामदार हकहित संरक्षण केन्द्र, धादिङ्गका अध्यक्ष अनिल कोईरालाले जानकारी दिए ।