नेपाल स्वास्थ्यकर्मी संघ दैलेखद्वारा कोभिड बिरामीलाई फलफूल बितरण

नारायण रिजाल
दैलेख :नेपाल स्वास्थ्यकर्मी संघको ३० औ स्थापना दिवसको अबसरमा नेपाल स्वास्थ्यकर्मी संघ दैलेख जिल्ला कार्यसमितीद्वारा विरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत रहेका १३ जना बिरामीहरुलाई फलफूल बितरण गरेको हो ।

उक्त फलफूल बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचीव भुपेन्द्र शाही ,प्रमुख अतिथी नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष शमशेर बिष्टको अध्यक्षता,विशेष अतिथीमा केन्द्रिय सदस्य रमेश दशौदी ,स्वास्थ सेवा कार्यालय प्रमुख थिर प्रसाद रेग्मी, केन्द्रिय प्रतिनिधिहरु दुल्लु नगर अध्यक्ष मदन रिजाल लगाएत नेपाल स्वास्थकर्मी संघ आवद्ध स्वास्थ कर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फलफूलहरु केरा,स्याउ लगायतका फलफूल सहित मिनरल वाटर बितरण गरिएको दुल्लू नगर स्वास्थ्यकर्मी संघका अध्यक्ष मदन रिजालले जानकारी दिए ।