
देशभर लकडाउनको समय छ पसल तथा ब्यबसाय ठप्प छ सार्बजनिक यातायात तथा निजि यातायात सबै ठप्प छन । यस्तो बेला ऋण लिएर घर बनाउने, ब्यबसाय संचालन गर्ने तथा सवारी संचालन गरिरहेका कयौको निन्द्रा यहि लकडाउनले लुटेको छ ।
काठमाडौमा आफ्नै ट्याक्सी किनेर बैङ्कको किस्ता पनि तिर्दै आफ्नो जिबिकोपार्जन गर्दै गरेका नवलपरासीका मिलन कुमाल बैङ्गकबाट आएको म्यासेजले तनाब भएको बताउछन् ।त्यस्तै बुटबल रामनगरमा घर बनाएर भाडामा समेत दिदै आएका शंकर अधिकारी बैङ्कले म्यासेज गर्न नछोडेको तर किस्ता भने बुझाउन नसकिएकोले गर्दा रातभर निन्द्रा नपरेको बताउछन् ।
बुटवल क्याम्पस रोडमा फेन्सी पसल गर्दै आउनु भएका रविन्द्र खड्का पसल बन्द गरेर सैनामैना आफ्नै घरमा बस्दै आएतापनि ऋणको ब्याजले मन पोलिरहेको बताउछन् ।
यसरी ऋण लिएर ब्यबसाय गर्नेहरु, सवारी संचालन गर्नेहरु तथा ऋण लिएर घर बनाई भाडा लिएर किस्ता तिर्नेहरु लगायत तमाम ऋणीहरु लाई मानसिक तनाब भईरहेको यो समयमा सरकारले भने तमाम ऋणीहरुको लागि सम्बोधन गर्नुपर्ने देखिन्छ ।
यस्तो समयमा बैङ्कको किस्ता तिर्न बोलाउने बैङ्क लाई के भन्ने ? मानिसहरुको न ब्यापार छ, न ब्यबसाय छ, न अन्य आयस्रोत ? बैङ्कले बुझ्न पर्ने होइन र ? राष्ट्र बैङ्कले, सरकारले केही न केही त गर्नै पर्ने हो ? यो लकडाउनको बेलामा जनतालाई मर्का परेको बेला बैङ्कको किस्ता नलिनु, ब्याज नलिनु, जरिबाना नलिनु भन्न किन सक्दैन ?
जनताको मेहनत, पसिना र रगत लुट सरकार, चुस् सरकार नभए जिउदै जनता मार सरकार । तिम्रो अरु त के नै काम छ र ?
लक्ष्मी श्रेष्ठ
बुटवल,रुपन्देही
