गजल-लोकेन्द्र बोहोरा

यो मनले मनमा घृणा राख्छ प्यार राख्दैन ।।
जब जिन्दगीले जिन्दगी सँग सरोकार राख्दैन ।।

पढ्न पठाएको छोरो अम्मली बनेर फर्कियो,
अब यो गाउँ बाट कसैले छोरा बजार राख्दैन ।।

तिम्रा कति प्रेमीहरु फेरिए मलाई के मत्लब ,
अरे नदीको हिसाब किताब किनार राख्दैन।।

कुनै सभामा ताली भन्दा बढी जुत्ता आएपछि ,
एक मन्त्री छ जो आजभोलि बिचार राख्दैन ।।

एक कप चियाको पनि हिसाब राख्छ मालिक ,
घ्यू मह पसिनाको हिसाब चौकीदार राख्दैन ।।