
हामी साझको अन्तिम प्रहरसम्म बिर्तामोडको बजारहरुमै घुम्यौँ। बिर्तामोड झापा जिल्लाको दोश्रो ठुलो सहरको रुपमा चिनिन्छ, पहिलो दमक हो। त्यो दिन बिर्तामोड शहर धिक मरुन्जेल घुमेपछि भनेको म स्पष्ट भएँ किन यसलाइ दोश्रो ठुलो शहर भनिएको रहेछ ?
हामी साझको साढे सात आठ बजेतिर बर्दानको अङ्कलको घरमा गयौँ। कोठा नपाउँने समय सम्म त्यहि नै बस्ने हाम्रो निधो भएको थियो। अङ्कलले सहमति दिनुभएको थियो यति भएपछि ढुक्क।
हामी त्यहा पुग्यौँ चारै जना बाहिर हलमा बसेर टिभि हेरिरहेका छन्। अङकल, अङ्कलको बुढि, एउटि छोरि अनि सानो छोरा थियो।
ठुलि छोरि उमेर सानै भए पनि अलि मोटि भएकोले गर्दा उसको शारिरक बनावट उसको उमेर सङ्ग मेल खान जाँदैनथ्यो। त्यहाँ भने अनुसार उसको उमेर करिब १५ /१६ बर्ष थियो तर जस्तो उ देखिन्थि २०/२१ बर्ष भन्दा कमको सायदै कसैले भन्थ्यो होला। उसले जानेबितिकै दाइ भनेर सम्बोधन गरि।
अनि त्यो सानो चाहि बच्चा थियो बाँदर जस्तो, चकचके। हामी पुग्दै गर्दा त्यो फुच्चेकै हातमा रिमोट थियो, कार्टुन हेर्दै रैछन्। तर आन्टिले सिरियल हेर्नको लागि रिमोट खोसेर के लगाएका थिए भग्वान त्यो फुच्चे त औडा गरेर रुन सुरु गर्यो। सोफामा बसेको मान्छे भुइमा लडिबडि गर्न थाल्यो।
अनि त्यसपछि आन्टिले लाजले हो या के कुराले हो रिमोट फेरि उसैको हातमा थमाइदिनुभयो।
हामी पनि केहिबेर अङ्कल आन्टि सङ्ग कुरा गर्दै ल्निकमा मा दिइरहेको मोटुपत्लुको मज्जा नै लिएर बस्यौँ।
केहि समयपछि आन्टिले भन्नुभयो ( हामी तिमीहरूलाइ नै पर्खेर बसेको अब खाना खानुपर्छ।
दाल साग र अचार बनाउनुभएको रहेछ अनि चामल भनेको त्यहि किनेको त हो शहरमा। पहिलो पल्ट किनेको चामल खाँदै थिए, न रसिलो, न स्वाद न केहि न केहि। चामल एक्दम बक्वास थियो।
तर पनि भोक मेटाउन भए नि खानै पर्यो, राजै।
खाना खाइसकेर हामीलाइ कोठा देखाइयो। हामी गयौँ र खाट्मा पल्टियौँ।
मैले बर्दानलाइ भने -यार मलाइ त कहिले भोलि बिहान आउँछ जस्तो भैसक्यो। त्यो केटिलाइ फेरि देख्न मन आनन्द हुने।
बर्दानले अलि रिसाए झै गरि भन्यो अँ मुला तिमी यहा मात्र यस्तो अगाडि परेपछि सातो गइहाल्ने रैछ।
मैले भने जे भए नि क्रस् हो यार हल्का डर त लागिहाल्छ नि ? हल्का कन्फिडेन्स त लुज भइहाल्छ नि यार
बर्दानले फेरि भन्यो त्यस्तो सोचेर हुँदैन यार अहिले त अव जमाना फेरिसक्यो। अहिले त आफुले बाजि मार्न सक्यो भने ओके हो नत्र अर्कैको हो।
मैले फेरि भने हैन त्यस्तो हुदैन यार। जमाना जति नै फेरिए पनि भावना फेरिन्दैन। समय लाग्न सक्छ तर त्यस्तो अरु केहि हुँदैन। मलाइ बिस्वास छ।
बर्दानले हल्का वङ्ग्य हाँसो हाँस्यो। अनि केहि भन्न खोज्दै थियो, फोनको रिङ्ग बज्यो। गर्ल्फ्रेन्डको कल आएको रैछ। त्यतै बोल्न थाल्यो।
बिहानीपख लग्भग साढे साततिर निन्द्राले छोडेको हो। हामी उठ्यौँ, चिया पियौँ।
अनि ९ बजे त काममा पुग्नु थ्यो। त्यहि निर ८ः१० भएको थियो। काममा पुग्न लग्भग २० मिनट लाग्थ्यो।
बर्दानले भन्यो -बिकल्प जुम् निस्किम् एक्छिन् बाहिर घुमेर छिट्टै काममा पुग्नुपर्छ। ठिकै लाग्यो।
अनि बाहिर निस्किदै थ्यौँ, अङ्कलले पछाडि बाट भन्नुभयो -ढुक्क भएर जावो केटा हो। भरै म कोठा खोज्दिन्छु।
हामी हनुमान सेन्ट्रल पुग्यौँ।
बेकरि खुलिसकेको रहेछ। तर जसको कारणले गर्दा मैले काम जोइन गरेको थिए मेरो पहेलो ज्याकेट उसको ब्याग पसल अझै खोलेको छैन रैछ।
हामी बेकरिमा पुग्यौँ, बेकरिको मालिक, प्रल्हाद अधिकारि किचनमा कफि बनाउँदै रैछन्। म र बर्दान दुवैजना त्यहा गयौँ।
उहाले भन्नुभयो जाउ अगाडि त्यहा अरुले सिकाउँछन् सङ्गै मिलेर गर्नु काम।
हामी गयौँ, लग्भग ६(७ जना थिए। मलाइ याद भए सम्म एउटाको नाम अनिस, अर्कोको नाम, सन्देश, ससि, सर्मिला, इश्वर, सुनिता, प्रयास, अनि सबैभन्दा सिनियरमा थियो जिवन।
उनिहरु चाहि बिहानको आठ बजेको सिफ्टमा गर्दा रैछन्। जिवन र प्रयास चाहि बिहान हामै सिफ्ट नौ बजेकोमा। फरक के रहेछ भने बिहान आठ बजे काम गर्न आउनेले बेकरिको सबै सामानहरु, केकहरु अनि आदि इत्यादि सम्पुर्ण सामानहरु बाहिर निकाल्ने अनि राख्ने अनि बेलुका सात बजे उनिहरुको बिदा हुने। साथमा नौ बजेको सिफ्टमा काम गर्ने भनेको चाहि बिहान सामानहरु केहि निकाल्नु नपर्नु तर बेलुका चाहि सबै सामानहरु थन्काएर मात्र घर जाने।
हामी उनिहरु सङ्गै मिलेर काम गर्न थाल्यौँ। एक्दम रमाइला थिए, मिलनसार थिए, मिजासिला थिए। सबै काम सिकाउँथे पनि।
अनि गर्दै गयौँ, लग्भग १० बजेको हुनुपर्छ हाम्रै छिमेकी सटर बजेको सुनियो। म भित्र भएको मान्छे हतार हतार बाहिर दगुरेर हेरे, त्यहि पहेलो ज्याकेट नै रैछे तर आज उसले निलो सर्ट लगाएर आएकी थिइ। एक्दम राम्री देखिएको थियो, निलो सर्ट र कालो पेन्टमा उसको फिगर प्रस्टै देखिन्थ्यो। एक्छिन् त आँखाहरु लोभिएर उ तिर नै तानिएको थियो। केहिबेर हेरे पछि फेरि त्य केटिले आफुतिरै हेर्दा हतार हतार नजर लुकाएर काममा व्यस्त भए झै गरे।
तर पनि म उसले सटर उचालेको कुरा एक्दम ध्यान दिएर हेरिरहेको थिए। त्यहा बेकरिबाट उसको दोकान भित्र पनि साफ साफ देखिन्थ्यो।
म भित्र काम गर्दै गरेको मान्छे बाहिर आएर काम गर्न थाले ताकि उसैलाइ हेरिरहन सकुँ। घरि घरि हाम्रा नजर जुध्थे अनि म नजर झुकाइहाल्थे। लाग्थ्यो सायद उसलाइ पनि शङ्का हुन थालेको हो। तर अटेरि मन नहेरि बस्न त मान्दै मान्दैन।
स्कुल कलेजमा हुँदा धेरै प्रेमकहानीहरु भएँ, धेरै केटिहरु सङ्ग नाम जोडिएँ तर यस्तो अनौठो महशुष कहिल्यै पनि भएको थिएन। सान्चै नै यो प्रेमको आभाष एक्दम अनौठो थियो, एक्दम मिठास थियो, एक्दम सुनौलो थियो।
यो काम गर्दै बसेको प्रेमको रङ्ग नै अर्कै थियो यसको महशुषिपन नै केहि अलग थियो…………..
(धाराबाहिक प्रकाशित हुने यस कथाको अर्को भाग ४ पढन नविर्सनुहोला हरेक सोमबार ठिक यहि समयमा )
