नुवाकोटमा थप एक साता निषेधाज्ञा

नुवाकोट : नुवाकोटमा थप एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ का बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञलाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय बुधवार राति १२ बजेबाट सकिँदै थियो ।

डिसिसिएमसीको आज बसेको बैठकले यही असार १ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।