

राउटे पनि हामी जस्तै सामान्य नागरिक हुन ।तसर्थ उनिहरुलाई पनि हामी जस्तै सामान्य नागरिकको दृृष्टीले हेरिनुपर्दछ ।उनिहरु पनि हाम्रै समाजका स्थानिय बासिन्दा जस्तै सामान्य नागरिक हुन् । राउटे परिवारका सम्झना शाही यदी नेताकी छोरी भैदिएको भए आज माईतीघरमा न्यायका लागि खुट्टा टेक्ने ठाउँहुदैन थियो होला ।
सम्झना शाही राउटे समुदायकै सुन्दर महिला भनेर केहि समय अघि चर्चामा आएकी हुन् ।उनीलाई हाम्रो समुदायको रहन(सहन केही थाहा छैन न त उनी राम्रो लगाउथिन न सिङ्गारपटार नै गर्थिन । कहिल्यै ऎना नहेरेकि सम्झनालाई कहाँबाट क्यामेराले हेर्न पुगेछ क्यामेरा बाट सुरु भएको उन को कहानी आज क्यामेरा ले नै अन्त्य गरिदिएको छ ।
राउटे समुदाय धेरै पछाडि परेको समुदाय हो। उनीहरूको न त घर छ न त सम्पत्ति फिरन्ते तरिकाले जिबन चलाई रहेका सम्झना शाही र गाजलु शाही यौन शोषणमा परेका छन् ।सम्झना र गाजलुलाई होटलमा लगेर रक्सि खुवाएर यौन शोषण गरेको छ ।
यौन शोषण गर्ने हरु गुर्भाकोट नगरपालिका, मेहलकुना, सुर्खेतका ३५ बर्षका दोमन बहादुर घर्ती र २४ बर्षका भुपेन्द्र बुढा साथै होटल सन्चालक २९ बर्षका बिनोद पुन रहेका छन् । उनिहरु पक्राउ त परे तर अब के कारबाही हुन्छ सरकार ? राउटे समुदायको दिदीबहिनीको ठाउँमा यदी हाम्रो समुदायका हुनेखाने बर्गका नेताका दिदीबहिनी वा छोरी भएको भए उनीहरू रातारात सजाय दिन तत्पर हुन्थे तसर्थ दोषीलाई कडा भन्दा कडा सजाय होस् ।
यदी पैसाको पावरमा यि राक्षसलाई छुटकारा दिने हो भने यस्ता घटनाहरु बारम्बार दोहोरीरहने छन । ति सोझा साझा नारीहरुको ईज्जतमा दाग लाग्दा नेपाल सरकार किन चुप लागेर बसेको छ अथवा मन्त्रालयको बाडफाड र मोल मोलाईमा ब्यस्त सरकारलाई यस घटनाको बिषयमा उत्तर दिन सबैले आग्रहगरेका छन ।
-संगिता पहरी
