जोर्डनलाई हराउन रणनितिक फुटबल खेल्ने दाउमा नेपाल

संगिता पहरी
काठमाडौं :फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को दोश्रो चरणको छनौट अन्तर्गत समूह बी को खेलमा आज सोमबार नेपालले जोर्डनबिरुद्ध खेल्दैछ ।कुवेतको जाबेर अल हमाद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र जोर्डनबिचको खेल हुनेछ ।

लयमा देखिएको जोर्डन आज नेपालबिरुद्ध स्पष्ट तीन अंक बटुल्दै छनौट चरणको अघिल्लो चरणमा स्थान पक्का गर्न बलियो पकड जमाउने दाउँमा हुनेछ भने यता नेपाललाई धेरै कुरा मौकाको रुपमा रहनेछ । आफूभन्दा माथिल्लो स्तरको टोलि जोर्डनबिरुद्ध जित निकालेमा त्यो नतिजा निक्कै महत्वपुर्ण हुनेछ ।

विश्व वरियताको ९५ औं स्थानमा रहेको जोर्डनले आजको खेलमा आफूभन्दा ७६ वरियता तल रहेको नेपाललाई हराएमा ६ खेलबाट १३ अंक जोड्दै दोश्रो स्थानमा पुग्नेछ । यसैगरी १० अंक रहेको घरेलु टोलि कुवेत भने तेश्रो स्थानमा खस्कनेछ ।
जोर्डन आजको खेलमा बलियो जित निकाल्दै दोश्रो स्थानमा रहने राष्ट्रहरुमध्ये उत्कृष्ट शिर्ष चारमा रहँदै आगामी चरणमा पुग्न हरसम्भव प्रयास गर्नेछ ।

समुहमा अष्ट्रेलिया १५ अंकका साथ शिर्ष स्थानमा छ भने कुबेत १० अंकका साथ दोस्रो स्थानमा अनि समान १० अंकका साथ जोर्डन तेस्रो स्थानमा साथै ६ अंकका साथ नेपाल समुहको चौथो स्थानमा छ भने अंकबिहिन चाईनिज ताईपेई समुहको पाचौ स्थानमा वा पुछारमा छ ।

जोर्डन बिरुद्द जित हासिल गर्न सके नेपालले ३ अंक प्राप्त गर्नेछ र जम्मा ९ अंक बनाउनेछ भने बराबरी मात्र गरे १ अंक मात्र थप भई जम्मा ७ अंक हुनेछ । नेपालको होम ग्राउण्डमा हुनुपर्ने यी खेलहरु नेपालमा फैलिएको कारोना महामारीको कारण कुबेतको जबिर अल अहमद अन्तराष्ट्रिय रंगशालामा भईरहेको छ भने नेपाली टोलीका प्रशिक्षकमा पनि कुबेतका अब्दुल्लाह अलमुईतारी छन् ।