काेभिडकाे खाेपकाे अभाव हुन दिँन्न : मन्त्री खतिवडा

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले काेभिडकाे खाेपकाे अभाव हुन नदिने बताएका छन् ।

आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “काेभिड खाेपकाे अभाव छैन । हुन पनि दिने छैनाैं । साढे ५ कराेड खाेप सुनिश्चित भइसकेकाे छ । साढे ३ कराेड खाेप पाइपलाइनमा छ ।”

मन्त्री खतिवडाले ७७ वटै जिल्ला अस्पताल र काठमाडौं उपत्यकामा पाँचवटा सरकारी अस्पतालमा खाेप लगाउन सकिने बताए । २८ कात्तिकदेखि १२ वर्षदेखि १८ वर्षसम्मकाे वर्ष उमेर समूहका लागि खाेप दिइने जानकारी उनले दिए । त्यसका लागि १ कराेड फाइजर खाेप सुनिश्चित भएकाे उनकाे भनाइ छ ।

स्वास्थ्य मन्त्री खतिवडाले न्यायालय विवादमा सत्ता गठबन्धनले हस्तक्षेप गर्नेभन्दा सुझाव मात्र दिन सक्ने धारणा राखे । उनले भने, “पहल गर्दा हस्तक्षेपकाे अर्थ लाग्छ, नगर्दा खै पहल गरेकाे भन्छन् । न्यायालयका न्यायाधीश र बारका विद्वानहरू बसेर समाधान गर्न सक्नुपर्छ ।”