रेसिपी :करेलाको अचार,मेवाको कोफ्ता,केरा फ्राई, परवल कोरमा

करेलाको मीठो अचार
सामाग्री
चारवटा करेला गोल स्लाइसमा काटेको, २ ठूलो चम्चा तेल, एक चिम्टि हिंग, एक सानो चम्चा रातो खुर्सानी, एक सानो चम्चा सौफ, सानो चम्चाको एक चौथाइ हल्दी, ३ ठूलो चम्चा धनियाँको धुलो, १ ठूलो चम्चा अमचूर र स्वाद अनुशार नून ।
विधि
करेलामा १० मिनेट नून लगाएर राख्नुहोस् । पेनमा तेललाई तताउनुहोस् । यसमा सौफ, हींग हाल्नुहोस् । करेला हालेर क्रिस्पी हुनेबेलासम्म फ्राइ गर्नुहोस् । बचेको सूख्खा मसला र नून हाल्नुहोस्, अमचूर राख्नुहोस् र दुईमिनेट पश्चात आँचबाट निकाल्नुहोस् । स्वादिष्ट करेलाको अचार तयार हुन्छ यो गर्मीमा फाइदादायक खानेकुरा हो ।

मेवाको स्वादिष्ट कोफ्ता
सामाग्री
आधा केजी मेवा किचेको, १÷४ कप बेसन, आधा आधा सानो चम्चा जिरा, रातो खुर्सानी, बेसार, अदुवा किचेको, २ या ­३ ठूलो चम्चा ताजा मलाई, २ ठ्ुलो चम्चा दही, २ वटा हरियो खुर्सानी मसिनो बनाएर काटेको, नून र तेल स्वाद अनुशार ।
ग्रेभीको लागिः२ वटा प्याज काटेको, १ टुक्रा हरियो खुर्सानी, २ वटा टमाटर काटेको, आधा सानो चम्चा जिरा, २ चिम्टी हींग, सानो चम्चाको आधा चम्चा रातो खुर्सानीको धुलो, १ ठूलो चम्चा धनियाँको धुलो, सानो चम्चाको आधा चम्चा गरम मसला, थोरै हरियो धनियाँ, नून र तेल,
विधि
कोफ्ताको सामाग्रीलाई मिलाउनुहोस्, यसलाई तार्नुहोस् । प्याज, हरीयो खुर्सानी र अदुवा मिलाएर पीस्नुहोस् । अर्को कराहिमा तेललाई तताउनुहोस् । जीरा र हींगलाई फुराउनुहोस्, प्याजको पेस्टलाई भुट्नुहोस्, रातो खुर्सानीको पाउडर, धनियाँ पाउडर, टमाटरको पेस्ट बनाएर हाल्नुहोस् । गरम मसला र नून मिसाउनुहोस् । तेल छोडुन्जेल भुट्नुहोस्, तातो पानी हाल्नुहोस्, ग्रेभी गाडा हुनेबेलासम्म पकाउनुहोस् । कोफ्ता हाल्नुहोस्, केहि समयमा आँचबाट निकाल्नुहोस् । हरियो धनियाँ छर्नुहोस् ।
काँचो मेवामा न्यू«िट्रशन हुन्छ । यसमा रहेको मेग्नीशियम महिलाको स्वास्थ्यको लागि फइदादायक हुन्छ ।

केरा फ्राई
सामाग्री
४ वटा काँचो केरा, २ वटा सुकेको रातो खुर्सानी, आधा सानो चम्चा बेसार पाउडर, केरालाई फ्राइगर्न पुग्ने तेल, नून स्वाद अनुशार
विधि
काँचो केरालाई गोलो गोलो आकारमा काटेर तार्नुहोस् । यसमा नून या बेसार लगाएर राख्नुहोस् । पेनमा तोरीको तेललाई तताउनुहोस् । सुख्खा रातो खोर्सानीलाई तारेर निकाल्नुहोस् । यसमा अब काँचो केरा हाल्नुहोस् । प्रत्येक केराको स्लाइसलाई पल्टाई पल्टाई पकाउनुहोस् । माथीबाट सुख्खा रातो खुर्सानीलाई टुक्रा बनाएर राख्नुहोस् । यो दाल, भात सँग एकदमै राम्रो हुन्छ र स्वास्थ्यको हिसावले पनि काँचो केराको तरकारीलाई राम्रो मानिन्छ । यसले पाचनशक्ति बढाउँछ भने रगतको कमीहुनबाट पनि जोगाउँछ । यसमा हुने पोटाशियमको कारण ब्लड प्रेशर पनि कन्ट्रोलमा रहन्छ ।

स्वादिष्ट परवल कोरमा
सामाग्री
आधा किलो परवल, एउटा ठूलो प्याज काटेको, एक सानो चम्चा अदुवाको पेस्ट,१ ठूलो चम्चा काजुको पेस्ट, २ वटा टमाटर काटेको, १ तेजपत्ता, आधा­आधा सानो चम्चा मसला, बेसार, धनियाँको धुलो, १ सानो चम्चा रातो खुर्सानीको धुलो, स्वाद अनुशार नून, परवल तार्न पुग्ने तेल,
विधि
परवललाई ठूलो टुक्रामा काटेर तार्नुहोस् । बचेको तेलमा प्याज या तेजपत्ता लाई भुट्नुहोस् । नून मिसाउनुहोस् । अदुवाको पेस्ट, रातो खुर्सानी, गरम मसाला, धनियाँको धुलो मिसाउनुहो्स् । तेल छाडुन्जेल मसलालाई भुट्नुहोस् । काजुको पेस्टलाई केहि समय सम्म भुट्नुहोस् । तारेको परवलमा मिलाएर भुट्नुहोस्, पानी हाल्नुहोस् ग्रेभी राम्रोसँग हुनेगरि पकाउनुहोस् ।