नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेब तिमल्सिनाद्धारा स्वास्थ्य सामग्री सहयोग

संगीता पहरी

सिन्धुपाल्चोक :नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले स्वास्थ्य सामग्री सहयोग गरेका छन । कोभिड १९ को महामारी विरुद्धको हाम्रो अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

एन.टि.जेज किट ५० पिस ,पि.पि.इ सेट ११० पिस ,अक्सिमिटर ,स्यानिटाइजर , मास्क ,डिजिटल थर्मोमिटर ,सिटामोल,जिबन जल,ग्लोब्स,औषधि,खाद्यान्न सामग्री ,१४वटाभरिएको अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकाकाको वडा नं १ घोर्थलीमा स्वास्थ्य चौकी,वडा नं२ चोकटिमा स्वास्थ्य चौकी,वडा नं ३ धुस्कुनमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टर, वडा नं ४ पिस्करमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा संयुक्त,वडा नं५ तौथलीमा स्वास्थ्य चौकी र वडा नं ६ टेकानपुरमा स्वास्थ्य चौकी र आइसोलेसनका निम्ति ती सामग्री हस्तान्तरण गरिएको थियो ।
पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष दुर्गा देवि नेपाल ,वडा अध्यक्ष,स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि,एबं नेपाली काँग्रेसका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

सामग्री बितरण अभियानमा ने.बि.संघ महाराजगंज क्याम्पस इकाई सचिब सुमित बोहरा,संघका नेताहरु समीर लामा, विमल पहरी,सोनाम तामाङ,रामहरी नेपाल, तरुन दलका नेता जोगबिर भण्डारी लगाएत अभियन्ताहरुको सहभागिता रहेको थियो ।

धुस्कुन स्पेसल को अभियान मार्फत सहयोगीहरुद्वरा कोषमा निरन्तर नगद तथा अन्य सहयोग संकलन भैरहेको र सो रकम संक्रमण नियन्त्रणमा खर्च गरिने अभियन्ता सहदेब भणडारिले बताए ।

यो सहयोग अभियान  निरन्तर जारी रहेको र अत्यावश्यकिय सामग्री सहित पुनः समुदायमा पुगिने कोभिड १९ को महामारी विरुद्धको हाम्रो अभियानका अभियन्ता तथा ने.बि.संघका नेता समीर लामाले बताए ।