व्यावसायिक भैसीपालन तर्फ धादिङ्गका पुर्ब सांसद चम्पासिंह

के.आर.अधिकारी क्षेत्री
धादिङ्ग :धादिङ्ग जिल्लाबाट समानुपातिक तर्फ प्रतिनिधित्व गरेका पुर्ब सांसद विर बहादुर तामाङ्ग (क-चम्पासिंह) हाल आफ्नै स्थानिय गाउँ नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.२ पोखरामा आधुनिक तरिकाबाट भैसीपालनको तयारीमा लागेका छन् ।

उनले हाल आफ्नै जग्गामा व्यावायिक भैसीपालनका लागी आफैले संरचना निर्माण गरिरहेका छन् । उनका अनुसार संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र अब छिट्टै शुरुवाती चरणमा ४० वटा भैसीहरु ल्याउने योजना रहेको बताए ।

संरचना सहित अनुमानित जम्मा १८ देखि २० लाख बाट ब्यबसाय शुरु गर्न लागेको उनी बताउछन । निषेधाज्ञाको समयलाई उपयोग गरेर शरिरलाई कृयाशिल तथा संतुलित समेत बनाइ राख्न यस कामले ठुलो सहयोग गरेको उनी बताउछन ।

आफु धैर्यतापुर्वक लागिरहेको बताउने पुर्ब सांसद तामाङ्ग ग्रामीण गांउबस्तिहरुमा उपलब्ध आफ्नै जमिनको सदुपयोग गर्दै आर्थिक सम्बृद्दीका आधारहरु गाउँ गाउँ बाट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो ब्यबसाय शुरु गर्न लागेको र यसले देशको अर्थतन्त्रमा समेत टेवा पुर्याउन सकिने बताउछन ।

उध्यम वा ब्यबसाय सबैले गर्नुपर्छ राजनिति भनेको एउटा स्वयंसेवा मात्र हो भन्ने मान्यता राख्छन तामाङ्ग । पुर्ब माननीय विर बहादुर तामाङ्ग नेकपा माओबादी बाट समानुपातिक सांसद हुँदै नया शक्ति बाट जिल्ला संयोजकको भुमिका निर्वाह समेत गरिसकेका छन । हाल जनता समाजबादी पार्टीको केन्द्रीय समिति सदस्य रहेर सकृय राजनिति गरिरहेका छन ।