दैलेखमा प्रहरीले गरे जिल्ला स्वास्थ्य कार्यलयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पुष्कर खड्का
दैलेख : जिल्ला प्रहरि कार्यलय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले जिल्ला स्वास्थ्य कार्यलय दैलेखलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन ।आफ्नो तलबबाट केही रकम छुट्याएर उनीहरुले सो सामग्री हस्तान्तरण गरेका हुन ।

नेपाल लगायत विश्वभर तिब्र रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ रोगबाट सबै सँक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उदेश्यले स्वास्थ सामाग्री हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठ ले बताए।