
दिपेश राज नेपाल
रुपन्देही :रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । लुम्बिनी सांस्कृतीक नगरपालिका मनौरा निवासी ३५ वर्षिय महेन्द्र यादवको शव आइतवार विहान ७ बजे फेला परेको हो ।
ती पुरुषको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
मृतक यादव राती ११ बजेसम्म स्थानिय एकजनाको विहेमा गएका थिए । त्यसैलाई आधार बनाएर अनुसन्धान सुरु गरिएको डिएसपी थापाले बताए।
