बुरकिना फासोको एक गाउँमा आतंककारी हमला, १३२ जनाको ज्यान गयो

 

 

काठमाडौं :पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।

रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।

बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण मानेको छ ।

यस आक्रमणको लागि अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन । तर पछिल्ला वर्षहरुमा इस्लामी कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु, विशेष गरी नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुन सक्ने आकलन गरिएको छ ।

घटनाको संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।

उनले विज्ञप्ति निकाल्दै भनेका छन्, “म यस जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग आह्वान पनि गर्दछु ।’

-बीबीसीको सहयोगमा