
संगीता पहरी
सिन्धुपाल्चोक :कोभिड १९लाई मध्यनजर गर्दै सिन्धुपाल्चोक थुम्पाकरमा माओबादी केन्द्रले भोली (२२ गत्ते)देखि निःशुल्क यातायात सेवा सन्चालन गर्ने भएको छ।
कोरोनाले विस्व नै त्रासमा रहेको यो बिसम परिस्थितिमा सिन्धुपाल्चोकमा माओवादी केन्द्र ,सुनकोसी वडा कमिटी वडा नम्बर ६ बाट निशुल्क यातायात संचालन गर्ने भएको हो।
आज बसेको वडा कमिटी बैठकले भोली देखि निशुल्क यातायात सेवा दिने निर्णय गरेको हो। वडा भित्रका सम्पुर्ण कोरोना संक्रमण बिरामीहरू लाई निशुल्क यातायात सेवा दिने कमिटिका सदस्य रेशम पार्खिनले जानकारी दिएका छन।
घर देखि अस्पताल सम्म बिरामी उपचारको लागि निशुल्क जान पाउदा स्थानीय बासीहरुमा खुशी छाएको छ । अझ आर्थिक स्थिति कमजोर भएकाअरुलाई भने ठूलोे राहत मिलेको छ ।जेठ २२ भोलीबाट बा ६ च ९९६५ नम्बरको टक्सन गाडीले बिरामी सेवा दिने छ।
यदी बिरामी परिवार का ब्यक्तिहरु लाई गाडी आबस्यक परेमा यी नम्बरहरुमा फोन गर्न अनुरोध गरेका छन ।
