
असफल मान्छे पनि सपनाको प्यारमा छ।
सपनालाई लाग्दो हो आफू कारागारमा छ।
किनारको त्यो बूढो माझीले ग्राहक कुरे झैं
मृत्यु जीवनभर मान्छेको इन्तजारमा छ।
ऊ पसलको गुडिया तान्छे,म उस्लाई तान्छु
खल्ती रित्तो छ,छोरीको खुशी बजारमा छ।
देश छोडुँ या देश मै बसूँ , म दोधारमा छु
लाग्छ यो चोकको शालिक पनि दोधारमा छ।
तिम्ले छोडेपछि जिन्दगीको हालत यस्तो छ
जस्तो कि पानी छोडेर माछा किनारमा छ।।
