
पाल्पा : पाल्पामा पछिल्लो २४ घण्टामा थप ८० जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४१ महिला तथा ३९ जना पुरुष संक्रमण मुक्त भएका हुन् । योसंगै जिल्लामा ५ हजार ३४ जनाले कोरोना जितेको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोा पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको १५३ जनाको पिसिआर परीक्षणमा १८ जना महिला तथा ३२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।थपिएका संक्रमितसंगै जिल्लामा हाल ८७१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ९४ जना संक्रमितले भने ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो केहि दिन यता संक्रमण हुनेभन्दा निको हुनेको संख्या धेरै देखिए पनि संक्रमण नियन्त्रणमा नआएको स्वास्थय कार्यालयले जनाएको छ ।अहिले पनि गाउँगाउँमा कोरोनाका लक्षण भएका बिरामीहरु बिना परीक्षण समुदायमा घुलमिल हुँदा त्यसबाट पुनः संक्रमण फैलिन सक्ने जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन्
