शैली थिएटरले निर्माण गरेको लघु चलचित्र “हाउस हजबेन्ड” युटुब मार्फत सार्वजनिक


सुजन तिमल्सिना

काठमाडौं :कोभिड-१९ ले अस्तव्यस्त बनाएको परिस्थितिका विच हरेक क्षेत्रमा निकै ठुलो प्रभाव परेको छ । कोभिडको पहिलो लहर देखि दोस्रो लहर सम्म ठप्प प्रायः रहेको नाट्य क्षेत्र । बैकल्पिक बाटोको रुपमा दर्शकहरूलाई नाट्य जगतबाट टाढा हुन नदिन विभिन्न थिएटरहरूद्वारा अनलाइन तथा युट्युवमार्फत विभिन्न नाटकहरू देखाउने कार्यको थालनी समेत भइसकेको छ ।

रङ्गकर्मिहरु अभिनय कलामा निखारिएका हुन्छन् भन्ने धेरैको बझाई छ । पछिल्लो समय रङ्गमन्चमा काम गरेर आएका कलाकारहरुको अभिनय नेपाली चलचित्र क्षेत्रमा खुब रुचाईएको छ। यसैबीच शैली थिएटरले निर्माण गरेको लघु चलचित्र “हाउस हजबेन्ड” युटुब मार्फत सार्वजनिक गरिएको छ । शैली थिएटरले आफ्नै युट्युव च्यानल मार्फत उक्त चलचित्र सार्वजनिक गरेको छ ।

“हाउस हजबेन्ड” एउटा नारिवादी लेखकको मनोविज्ञानमा आधारित लघु चलचित्र (सट मुभी) हो । भनाई र गराईमा, लेखाइ र भोगाईमा हुने अन्तरभित्रको कथा हो । यो हामी धेरैजना भित्रको संकुचित सोच,सामाजिक चेत, संस्कार, दृष्टिकोणको बाहनामा आफुभित्रको अहम् लाई जित्न नसकेका पुरुषहरूको कथा हो । हाम्रै घरभित्रको कथा हो ,चलचित्रका लेखक तथा कलाकार सुवास सुवेदी बताउछन ।

“हाउस हजबेन्ड” निर्माण बारे चलचित्रका लेखक तथा निर्देशक नवराज बुढाथोकी भन्छन ।
कोभिडका बिच पनि २०७७ सालमा शैली थिएटरले भर्चुअल माध्यम बाट भएपनी केही महत्त्वपूर्ण कार्य सम्पन्न गर्‍यो । बिश्व बालकविता महोत्सव, राष्ट्रिय निबन्ध प्रतियोगिता ,बार्हौ राष्ट्रिय बालनाटक महोत्सव, शैली संवाद आदि। यसै क्रममा शैली थिएटरको सक्रियताता निर्माण भएको लघु चलचित्र हाउस हजबेन्ड
मंसिर तिरको कुरा हो ,शैली थिएटरले तत्काल कुनै नाटक निर्माण गरिहाल्ने योजना बनाएको थिएन। साथिहरु बिच सट मुभी बनाउने छलफल हुन थाल्यो। कथाहरु सुन्न सुनाउन थालियो। कन्सेप्टहरु फुर्दै थिए। तर त्यतिखेर हामी सँग उपलब्ध बजेट अनुसार तत्काल सम्पन्न गर्ने सक्ने कथा “हाउस हजबेन्ड” छनोटमा पर्‍यो। जसलाई हामिले अहिले सार्वजनिक गरेका छौ। हाम्रो धारणा भन्दा पनि दर्शकहरुले कसरी लिनुहुन्छ, त्यो महत्त्वपूर्ण हो।

चलचित्रलाई सुवास सुवेदी र नवराज बुढाथोकीले लेखेका हुन भने, निर्देशन नवराज बुढाथोकी कै रहेको छ।
कलाकारको रुपमा सुवास सुबेदि, सरस्वती अधिकारी, शौभाग्य सिंह, निहारिका खड्का सबैको अभिनय उत्कृष्ट लाग्छ। केही दृश्यहरु निकै मेहनतका साथ खिचिएको छ। समग्रमा चलचित्र उत्कृष्ट बनेको छ। लकडाउनको समयमा घरमा बसेर झन्डै अठार मिनेट लामो “हाउस हजबेन्ड” को भिडियो हेर्दा समय खेर पक्कै जाने छैन ।