
काठमाडौँ-प्रदेश नम्बर १ भोजपुर जिल्लामा फेरि अन्तरजातीय विवाहले एक हत्यालाइ स्वरुप दिइएको छ । यही जेठ १५ गते भोजपुर जिल्ला वडा नम्बर १४ मा सङ्गम ठटालको शव रुखमा झुण्डिराखेको फेला परेको हो । अन्तरजातीय विवाहकै नाममा र २० वर्षभन्दा कम उमेर भएकाले पनि छुट्याइएको हो । जहाँ वडाध्यक्षको उपस्थितिमा नै प्रहरी चौकीमा कुटपिट भएको हो । सानो जातिको भएर ठूलो जातिकी केटीसँग विवाह गरेको भनेर दमाइ नै भनेर वडाध्यक्षले समेत कुटपिट गरेको हो भन्ने कुरा मृतक केटाको परिवारले बताएको जानकारी स्रोतहरुबाट प्राप्त भएको हो । सोही दिनको चौथो दिनमा ठटालले आत्महत्या गरेका छन् ।
जेठ १० गते विवाह गरेर घरमा ल्याइएकी बुहारी र छोरालाइ वडाध्यक्षले माइतीबाट टीकाटालो गरिदिएर पठाइदिने भनी अर्को दिन जेठ ११ गते लगियो । तर प्रहरी चौकीमा लगी निर्घात कुटपिट भयो । अन्तरजातीय सँगसँगै कम उमेर भनेर कुटपिटमा वडाध्यक्ष पनि सामेल भए । त्यहीँबाट उनीहरुलाइ आ–आफ्नो परिवारसँगै घर पठाइएको हो । छुट्टिने बेला दुइजनाले आफ्नो गलबन्दी र सल साटेका थिए । तर जेठ १५ का दिन उक्त सलमा नै झुण्डिराखेको अवस्थामा ठटाल गोठाला गएका केटाहरुले फेला पारे । योभन्दा एकदिन अघि उनी घरबाट निस्केका थिए ।
शोकाकुल परिवारले उक्त आततायी काममा प्रहरी र वडाध्यक्षको ठूलो भूमिका रहेको बताएका छन् । आत्महत्या दुरुत्साहनको मामिलामा यदि केटापट्टिकै तर्फबाट उजुरी परेमा मात्र कार्यवाही अघि बढ्ने वडाले जनाएको छ । मृत्युको घटना चर्चामा आइनसकेको हुँदा ढिलो भइराखेको स्रोतले जनाएको छ ।
