चारदिनमै प्रतिक्षालय निर्माण गरी अस्पताललाई हस्तान्तरण


दाङ :विप्लव नेकपा दाङले कोरोना विशेष अस्पतालमा प्रतिक्षालय निर्माण गरेको छ । अस्पताल परिषरमा निर्माण गरिएको उक्त प्रतिक्षालय अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

अस्पतालमा उपचाररत बिरामीका आफन्तहरुको लागि भन्दै जेठ १८ देखि प्रतिक्षालय निर्माणको काम सुरु गरिएको थियो । निर्माण कार्य सुरु भएको चारदिनमै सम्पन्न गरेर पार्टिले शनिवार एक कार्यक्रमका विच अस्पताललाई हस्तान्तरण गरेको हो ।

विप्लव नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले उक्त नव निर्मित प्रतिक्षालय अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको विषम परिस्थितीमा पाटीले निर्माण गरेको प्रतीक्षालयले बिरामी कुरुवालाई सहजता प्रदान गर्ने बताए ।

सो अवसरमा कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले प्रतिक्षालय निर्माणले पार्टी जनताप्रति उत्तरदायी हो भन्ने प्रष्ट भएको बताए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अस्पताल व्यवस्थापन समिति अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आवश्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

विभिन्न व्यवसायीको सहयोग तथा पार्टीका नेता–कार्यकर्ताहरुले श्रमदान गरी प्रतिक्षालयको निर्माण गरिएको हो ।
व्यवसायीहरु रामबहादुर खड्का, राजु थापा, गणेश इट्टा उधोग, हनुमान इट्टा उधोग, देब गुरुङ, हरि केसि, असोद देबकोटा, ट्रस्ट जडान, टोप बहादुर अन्जन लगायतले आवश्यक सामाग्रीहरु सहयोग गरेका हुन ।

उक्त प्रतिक्षालय करीव एकलाख तीस हजारमा निर्माण गरिएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलकले जानकारी दिए । उक्त कार्यक्रम नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको थियो ।
युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगको स्वागत मन्तव्यबाट कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए ।