कटारी अस्पतालमा १ बर्षपछि शल्यक्रियाबाट प्रसुती सेवा सुचारु

भावना थापा
उदयपुर :उदयपुर जिल्ला कटारी नगरपालिकामा रहेको कटारी अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ ।विगत १ बर्षदेखि बन्द भएको सेवा आजबाट सुरु भएको हो ।

जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको कटारी अस्पतालका प्रशाशन प्रमुख नविन बस्नेतले जानकारि दिएका छन। अस्पतालमा १ वर्षयता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार सिजरिएन सेक्सन (सिए) सेवा सुचारु भएको हो । सेवा सुरु भएसँगै आज एक जना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ ।
आज ती गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको प्रशाशन प्रमुख बस्नेतले जानकारी दिएकाछन । अस्पतालका डाक्टर राज कुमार गजमेरको टोलिले गर्भवतीको सफल शल्यक्रिया गरेको हो ।

यहाँ सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसूति गराउन परे लाहान वा कर्जन्हा पुग्नुपर्ने बाध्यता थियो । कटारी अस्पतालमै सो सेवा पुनः शुचारु भएपछी बाहिरी जिल्ला जानपर्ने बाध्यता हटेको प्रमुख बस्नेतले जानकारी दिए ।