जबरजस्ती करणीको आरोपमा इन्जिनियर पक्राउ

रोल्पा :युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रोल्पाका एक ईन्जिनीयर पक्राउ परेका छन् ।  जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरी घर भएकी २० वर्षीय कोरोना संक्रमित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल रहेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले उजुरीमा उल्लेख गरे अनुसार कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेकी ती युवती धारामा नुहाइरहेकी थिइन् । सोही समय धारामा पुगेका इन्जिनियर पौडेलले युवतीको संवेदनशील अंग स्पर्श गरी जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

पौडेल पानी भर्नका लागि भन्दै धारामा पुगेका थिए । धारा एकान्त ठाउँमा भएकाले आफूमाथि उनले जबर्जस्ती करणीको प्रयास गरेको आरोप युवतीको छ ।
पौडेल रुन्टीगढी गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर हुन् ।