
काठमाडौं :बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका कोरोना संक्रमणमुक्त भएर कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले नाचगान गरेर बालबालिकाहरुलाई बिदा गरेका थिए ।
