धादिङ्गको नेत्रावती डबजोङ्गमा कृषकहरुलाई हाते ट्याक्टर बितरण

काजिराम अधिकारी
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.५ मा स्थानिय कृषकहरुलाई २ थान हाते ट्याक्टर हस्तान्तरण गरिएको छ ।

जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकाबाट ६० प्रतिशत अनुदानमा प्राप्त २ थान हाते ट्याक्टर वडा नं.५ का वडा अध्यक्ष डम्बर अधिकारीले स्थानिय कृषकलाई हस्तान्तरण गरेका हुन । उक्त हाते ट्याक्टर स्थानिय हरिराम सापकोटा र दिप नारायण श्रेष्ठले प्राप्त गरेका हुन् ।

यस अघि पनि उक्त ५ नं वडामा एक्सन नेपालको ६० प्रतिशत अनुदानमा ६ वटा हाते ट्याक्टर बितरण गरिएको थियो । त्यस पश्चात् पुन वडा कार्यालयको ६० प्रतिशत अनुदानमा ४ वटा हाते ट्याक्टर बितरण गरिसकिएको वडा अध्यक्ष डम्बर अधिकारीले बताए ।
यो संगै वडामा अनुदान प्राप्त हाते ट्याक्टरको संख्या जम्मा १२ पुगेको छ ।

उक्त हाते ट्याक्टर प्राप्त भएपछि स्थानिय कृषकहरुलाई आफ्नो खेत-बारी जोत्न निकै सहज र सस्तो हुने कुरा वडा अध्यक्ष डम्बर अधिकारीले जानकारी दिएका छन ।