सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा

काठमाडौं : पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । सेरेनाले डानिले कोलिन्सलाई हराएर चौथो चरणमा स्थान पक्का गरेकी हुन् ।

३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६-६ र ६-४ ले पराजित गरेकी हुन् । सातौं वरीयता प्राप्त सेरेनाले अब काजकिस्तानकी एलिना रेबिकासँग खेल्ने छिन् । २३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् । यस्तै, पुरुषतर्फको खेलमा रुसका डेनील मेदभेदेव पनि चौथो चरणमा पुगेका छन् ।

दोस्रो वरीयताका डेनीलले रेली ओपेल्कालाई ६-४,६-२ र ६-४ ले पराजित गरे । यस्तै, जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ पनि चौथो चरणमा प्रवेश गरेका छन् ।